काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो त्रैमासको समीक्षा गरेको छ । बैंकले गरेको समीक्षाले यसअघिको व्यवस्था मार्जिन ल्याण्डिङ (सेयर धितो कर्जा) को ४–१२ सीमा परिवर्तन गरेको छैन । शुक्रबार जुम मार्फत राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको हो ।
यस्तै, बैंक तथा वित्तीय संस्थाहरूमा कायम सीडी (कर्जा–निक्षप अनुपात) रेसियो पनि बैंकले यथावत् राखेको छ । मौद्रिक नीति समीक्षामा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देवकुमार ढकालले भने, ‘राष्ट्र बैंकले कुनै पनि नीति लागू गर्दा लामो अनुसन्धान र अध्ययन पछि मात्र लागू गर्ने हुँदा मौद्रीक नीतिमा समेटिएका सबै नीतिहरु परिवर्तन गर्ने खालका छैनन । सोहिरुपमा शेयर मार्जिन लोनका विषयमा पनि यस भन्दा अगाडी आएको नीति सहि भएको हाम्रो ठहर छ ।’
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा एक व्यक्तिले एक बैंकबाट ४ करोड र समग्र बैंकिङ्ग प्रणलीबाट १२ करोड रुपैयाँसम्म मात्रै शेयर धितो कर्जा लिन पाउने व्यवस्था गरेको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij