काठमाडौं– मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार करिब ८ अंक बढेर बन्द भएको नेप्से, यस दिन ३२.२९ अंक बढेर २७३३.१४ विन्दुमा झरेको छ।
यस दिन सेन्सेटिभ इण्डेक्स ३.९८ अंक, फ्लोट इण्डेक्स २.५२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१ अंक घटेको छ।नेप्से ओरालो लागेपनि यस दिन कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा सामान्य बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्बभन्दा कमको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२७ कम्पनीको ४ अर्ब १६ करोड ५८ लाख ९६ हजार रुपैयाँ बराबरको ७४ लाख ४८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij