२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सेन्चुरी बैंकको खाता ‘खल्ती’ मा लिङ्क गर्दा १०० रुपैयाँ बोनस

सेन्चुरी बैंकको खाता ‘खल्ती’ मा लिङ्क गर्दा १०० रुपैयाँ बोनस

1.3K
Shares

काठमाडौं– अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ले सेन्चुरी बैंक खाता ‘खल्ती’सँग लिङ्क गर्ने जोकोहीले एक सय रुपैयाँ बोनस प्राप्त गर्ने भएको छ । साथै, एक भाग्यशाली प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्ने मौका पाउने भएका हुन् ।

यो बोनस अफर पहिलो पटक सेन्चुरी बैंक अकाउन्ट ‘खल्ती’सँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागु हुन्छ । प्रयोगकर्ता केवाईसी प्रमाणित प्रयोगकर्ता हुनुपर्नेछ ।

त्यसैगरि प्रयोगकर्ताको ‘खल्ती’ वालेट र बैंक अकाउन्टमा दाखिला गरिएको मोबाईल नम्बर एउटै हुनुपर्नेछ । केही सेकेण्ड मै आफ्नो बैंक लिंक गरी उक्त लिंक गरिएको सेन्चुरी बैंक अकाउन्टबाट ‘खल्ती’मा बिना लोड भुक्तानी तुरुन्तै गर्न सकिन्छ ।

यो एक सय रुपैयाँ बोनस अफर मंसिर ३ देखि ४ पुष २०७८ सम्म ‘खल्ती’ सँग सेन्चुरी बैंक लिंक गर्ने जोकोहिलाई लागु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij