गणपति लघुवित्तले वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको २ करोड ५४ लाख ७० हजार रुपैयाँ बराबरको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ ।
लघुवित्तको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १९ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। सो लाभांश वितरणको लागि केन्द्रिय बैंकले स्वीकृति प्रदान गरेको हो।
उक्त लाभांश अक लघुवित्तको आगामि वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij