काठमाडौं – सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बैंकले प्रस्ताव गरेको १२ दशमलव ६१ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । नेप्सेले बैंकको आइतवार कायम अन्तिम शेयरमूल्य रू. ४६० को आधारमा बोनस शेयरपछिको मूल्य रू. ४०८ दशमलव ४९ तोकेको हो ।
बैंकलले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि मंढिबशसर १७ गते ३५औं वार्षिक साधाररण सभा बोलाएको छ । बैंकको केन्द्रिय कार्र्यालय दरबारमार्ग , काठमाडौंमा विहान १० बजे सभा बोलाएको हो । उक्त सभा प्रयोजनका लागि बैंकले मंसिर ६ गते एक दिन बुक क्लोज गरेकाले नेप्सेले बुक क्लोज पछिको मूल्य तय गरिदिएको हो । समायोजपछिको कारोबारमा सहभागी शेयरधनीहरुले बैंकको प्रस्तावित लाभांश पाउनेछैनन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij