२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपालमा फर्मा उन्नत प्रविधि ट्याक्टर सार्वजनिक

नेपालमा फर्मा उन्नत प्रविधि ट्याक्टर सार्वजनिक

900
Shares

काठमाडौं- नेपालमा फर्मा उन्नत प्रविधि ट्याक्टर सार्वजनिक भएको छ। फर्माले बिहिबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै नयाँ ट्याक्टर सार्वजनिक गरेको हो।
युरोपियन प्रविधिमा आधारित फर्माको उत्पादन भारतमा हुँदैछ। कम्पनीले विगत ७५ वर्षदेखि कृषिमा प्रयोग हुने मोटरहरूको निर्माण गर्दै आएको छ। नेपालको लागि फर्माको आधिकारिक वितरक यती टेक्निक फार्म प्रा. लिअन्तर्गतको कृषि ग्रुप हो। यसले कृषि, स्वास्थ्य, शिक्षा र अन्य सेवा क्षेत्रको सम्पुर्ण जिम्मेवारी लिएको छ।

कम्पनीले विशेष कृषि समुदायको गुणस्तर सुधार गर्न उद्यम र उद्यमशीलतामा जोड दिने बताएको छ। नयाँ सार्वजनिक ट्याक्टरले २६ एचपीदेखि १०० एचपी पावर प्रदान गर्छ। यो दुई पाङ्ग्रे र चार पाङ्ग्रे दुवै ड्राइभ कन्फिगुरेसनमा उपलब्ध छ।

बलियो संरचनामा भनेको फर्मा ट्याकटरको आवरण एरोडाइनामिक छ। अगाडि भागमा भने ठूलो प्रोजेक्टर हेडल्याम्प छ। त्यस्तै यो ट्याकटर ग्राउन्ड क्लेरेन्स पनि धेरै छ। यसमा लाइभ ट्र्याकिङ, फ्युल इन्डिकेटर, सर्भिस रिमाइन्डर, फिल्टर चोकिङ, इन्जिन तापक्रम, स्टार्ट–स्टप ट्र्याक, ब्याट्री कम भएको चेतावनी देखाउने जस्ता विशेषताहरू छन्।

बिहिबार आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय व्यापार भारतका प्रमुख अजय मल्लिकले फर्मा ब्रान्ड र यसको उद्देश्यबारे प्रस्तुती दिए। कार्यक्रम अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गरेका हुन्। कृषि ग्रुपका अध्यक्ष तेज विक्रम थापाले नेपालभर रहेको फर्माको विभिन्न आउटलेटबाट सुविधिा लिन सक्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij