२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

लाइसेन्सको नयाँ आवेदन खुल्यो

लाइसेन्सको नयाँ आवेदन खुल्यो

770
Shares

काठमाडौं– यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्सका लागि नयाँ आवेदन खुलाएको छ। विभागले झन्डै छ महिनापछि नयाँ आवेदन खुलाएको हो।

दोस्रो चरणको कोरोना महामारी फैलिएसँगै गत वैशाख १६ गतेदेखि लाइसेन्सको नयाँ आवेदन बन्द थियो। सोमबारदेखि नै नयाँ आवदेन खुला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । ‘नयाँ आवेदन वेबसाइटमा गएर पहिलाको जसरी नै भर्न सकिन्छ । तर आवेदकको पालो भने फर्म भरेको चार–पाँच महिनापछि मात्रै आउँने विभागले जनाएको छ ।

यतिबेला पुरानै ट्रायल दिन बाँकी आवदेकको ट्रायल परीक्षा भइरहेको छ। विभागले अहिले ट्रायल पास भएकालाई परीक्षणकालीन लाइसेन्स दिइरहेको छ। सेवाग्राहीले बिहान ६ बजेदेखि राती १० बजेसम्म फारम भर्न सक्ने विभागले जानकारी दिएको छ। अनलाई फारम भर्नका लागि यातायात व्यवस्था विभागको वेबसाइटमा जाने।

पेज खुलेपछि दाइनेपट्टि अनलाइन सवारी चालक अनुमति पत्र प्रणली लेखिएको लिंकमा क्लिक गर्ने। त्यसपछि पेजको सबभन्दा माथि अनलाइन ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसनमा जाने। नयाँ पेज देखिएपछि क्याटोगोरीमा गइ नयाँ लाइसेन्स, लाइसेन्स रिन्यू, वा प्रतिलिपी मध्य एक अप्सन छानेर तल प्रोसिड लेखिएको बटनमा क्लिक गर्ने।

त्यसपछि व्यक्तिगत विवरण भरेर आफूलाई पाएक पर्ने परीक्षा केन्द्र छानेर सबमिट गर्ने। त्यहाँ तोकिएको मितिमा बायोम्याट्रिक दिन यातायात व्यवस्था कार्यालय जाने।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij