२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेप्से २७.५१ अंकले बढ्यो

नेप्से २७.५१ अंकले बढ्यो

780
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकको बृद्धि भएको छ । आज नेप्से २७.५१ अंकले बढेर दुई हजार ५ सय ८४ दशमलब ५३ विन्दुमा पुगेको छ । त्यस्तै, आज नेप्से बढेपनि कारोबार रकम भने बढ्न सकेन् । आज २ अर्ब ७७ करोड ३४ लाख बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये दुई कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । पोजेटिभ सर्किट लाग्ने कम्पनीहरुमा बेस्ट फाइनान्स कम्पनी र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार आज मेरो माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी आइसीएफसी फाइनान्स कम्पनीको भएको छ । यस कम्पनीको आज १५ करोड ९१ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij