काठमाडौं- चार्टर्ड एकाउन्टेन्स नबिल बैंकमा मनोज ज्ञवाली महाप्रबन्धक (जीएम) मा बढुवा भएका छन् ।
नबिल बैंकको सञ्चालक समितिले ज्ञवालीलाई जीएममा बढुवा गर्ने निर्णय गरेको हो । नबिलमा महाप्रबन्धकलाई डेपुटी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइने चलन छ। सुजित शाक्य र बिनय रेग्मी अहिले डेपुटी प्रमुख कार्यकारी अधिकृत छन्।अब ज्ञवाली पनि थपिएका छन्।
एकवर्ष अगाडि ज्ञवाली नबिल बैंकमा नायब महाप्रबन्धकको रुपमा प्रवेश गरेका थिए ।
ज्ञवालीसंग राष्ट्र बैंकमा ७ वर्षको अनुभव रहेको छ । साथै उनिसंग ग्लोबल आएमई बैंकमा पनि काम गरेको अनुभव छ । नबिलमा आउनु अगाडि ज्ञवाली ज्योति विकास बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij