२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भारतको केरलामा बाढी-पहिरोका कारण २४ को मृत्यु

भारतको केरलामा बाढी-पहिरोका कारण २४ को मृत्यु

450
Shares

भारत- भारतको दक्षिणी राज्य केरलामा शुक्रबारदेखि निरन्तर रूपमा भएको वर्षा र यसका कारण आएको बाढीमा परी कम्तीमा पनि २४ जनाको ज्यान गएको छ। बिबिसीका अनुसार हराइरहेका केही व्यक्तिको शव आइतबार साँझ भेटिएको थियो। हालसम्म दुई दर्जन शव फेला परिसकेको छ। यस राज्यका दुई जिल्ला इदुकी र कोट्याम जिल्लामा थप दुई जना हराएका छन्। उनीहरूको खोजी कार्य जारी छ।

बाढीमा परेर ज्यान गुमाएकामध्ये पाँच जना बालबालिका भएको पनि बिबिसीले लेखेको छ। साथै दर्जन बढी बेपत्ता भएको अनुमान छ। बाढीका कारण यहाँको बाटो र बिजुली अवरुद्ध भएको छ। यस कारण उद्धार गर्न निकै कठिन भएको बताइएको छ। कोट्याम जिल्लामा बाढीले बढी क्षति पुर्‍याएको छ। बाढीमा परेर मृत्यु भएका र हराएकामध्ये अधिकांश सो जिल्लाका छन्। बाढीका कारण वतिपय स्थानीय सडक अवरुद्ध भएका छन्। मौसम विज्ञान विभागका अधिकारीहरूले सोमबार पनि बर्षा कायमै रहने बताएका छन्।

बर्षाका कारण अहिले पनि कतिपय स्थानको आवागमन बन्द रहेको बताइएको छ। यसकारण उद्धारको काममा पनि कठिनाइ भएको उनीहरूले बताएका छन्। उनीहरूले हेलिकप्टरबाट बाढी-पहिरोमा फसेकाहरूलाई सरसामान पठाइरहेको जानकारी दिए।
त्यस्तै १८४ वटा उद्धार शिविर बनाएर ती ठाउँका करिब आठ हजार मानिसलाई राखिएको छ। उनीहरूलाई खाना, आवास र उपचार सुविधा उपलब्ध गराइएको पनि बिबिसीले लेखेको छ। सरकारले पनि घर र अन्नबाली गुमाएकाहरूलाई आर्थिक सहयोग दिने घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij