काठमाडौं – बुद्ध एयरले विदेशी पर्यटकका लागि ‘डलर भाडादर’ घटाएको छ। २४ औं वार्षिकोत्सवको अवसरमा करिब आधाप्रतिशत भाडा घटाएको कम्पनीले बताएको छ। नयाँ भाडादर सन् २०२२ जनवरी देखि लागू हुनेछ।
नेपालमा हवाई यात्रा गर्दा भारतीय बाहेक विदेशी यात्रुले डलरमा भाडा तिर्नुपर्ने प्रावधान छ। यस अघि पोखराका लागि १०६ अमेरिकी डलर भाडा रहेकोमा २०२२ जनवरीदखि ६५ अमेरिकी डलरमा झारिएको एयरले जानकारी दिएको छ।
घटाइएको एकतर्फी डलर भाडादर काठमाडौं -पोखरा $६५, काठमाडौं -विराटनगर $७६, काठमाडौं -जनकपुर $४२, काठमाडौं -सिमरा $३०,काठमाडौं -भैरहवा $६५ , काठमाडौं -धनगढी $१३८, काठमाडौं – नेपालगञ्ज $१०२, काठमाडौं-भद्रपुर $९४ रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij