२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

श्रममन्त्री श्रेष्ठद्वारा क्यान्सर पीडितलाई आर्थिक सहयोग

श्रममन्त्री श्रेष्ठद्वारा क्यान्सर पीडितलाई आर्थिक सहयोग

865
Shares

तनहुँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँको व्यास नगरपालिका–११ निवासी क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेकी छन् । उनले क्यान्सर पीडित काजीबाबु अधिकारीलाई रु २० हजार सहयोग गरेका हुन् ।

आन्द्राको क्यान्सरबाट पीडित अधिकारीलाई घरमै पुगेर मन्त्री श्रेष्ठले बिहीबार उक्त रकम हस्तान्तरण गर्दै आफूले व्यक्तिगत रुपमा यो सहयोग गरेको र सरकारका तर्फबाट हुन सक्ने सहयोग पनि उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे ।

जिल्लाको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएदेखि नै उनले स्थानीय सङ्घसंस्था र समस्यामा परेका व्यक्तिलाई आर्थिक सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij