काठमाडौं – सरकारले सार्वजनिक सवारी दुर्घटनाबाट ज्यान गुमाउनेहरुको अन्त्येष्टि तथा किरिया खर्च र परिवारलाई राहत उपलब्ध गराउने भएको छ। बुधबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विगत केही दिनयता कास्की, मुगुलगायतका स्थानमा भएको सवारी दुर्घटनामा घाइते भएकाहरुको निःशुल्क उपचार गराउने पनि जानकारी गराएको हो ।
‘सार्वजनिक सवारी दुर्घटनामा घाइते हुनेहरुको निःशुल्क उपचारको व्यवस्था नेपाल सरकारले मिलाउने जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ । सडक तथा सवारी सुरक्षाका माध्यमबाट यातायात सेवालाई सुरक्षित बनाइ नागरिकको जीउधन र सम्पत्तिको सुरक्षा गर्न सरकार प्रतिबद्ध रहेको जनाएको छ।
यस्तै यातायात व्यवसायी, मजदुर र यात्रुहरुले समेत सुरक्षालाई पहिलो प्राथमिकतामा राखी यातायात सेवा सञ्चालन र प्रयोग गर्न गराउन मन्त्रालयले अनुरोध गरेको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij