२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेपाल पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा

नेपाल पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा

1.1K
Shares

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ मा नेपाल फाइनल प्रवेश गरेको छ। बुधबार माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक फाइनलमा पुगेको हो। नेपालले बंगलादेशविरूद्ध दोस्रो हाफमा गोल गरेको थियो। नेपालका लागि अन्जन विष्टले ८८ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका हुन्।

बंगलादेशका सुमन रेजाले नेपालविरूद्ध खेलको नवौं मिनेटमा गोल गरेका थिए। बराबरीसँगै नेपालले चार खेलबाट ७ अंक जोडेको छ। दोस्रो स्थानको माल्दिभ्सको ६ अंक र तेस्रो स्थानमा भारतको ५ अंक छ। अहिले राति ९:४५ बजे भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ।

फाइनलमा पुग्न माल्दिभ्सलाई बराबरी भए पुग्छ भने भारतलाई जीत चाहिन्छ। यो खेलको नतिजापछि नेपालले फाइनलमा भिड्ने टिमको टुंगो लाग्नेछ।

नेपालले यसअघि खेलेका १२ संस्करणमा फाइनलमा स्थान बनाउन सकेको थिएन। त्यसैले नेपाली फुटबलको लागि यो ऐतिहासिक सफलता हो। फाइनल खेल आउँदो शनिबार नेपाली समयअनुसार राति ८:४५ मा हुनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij