काठमाडौं – निर्देशक तथा कलाकार विनोद केसीको शब्द रचना, निर्देशन र कथा तथा विदुर गिरीको क्रियटिभ डाईरेक्शनमा तयार भएको पीउने बानी भो बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको हो । गीतमा लक्की सिटौलाको स्वर तथा संगीत रहेको छ ।
प्रेममा धोका पाएको एक प्रेमीले त्यसपछि बसेको पिउने बानीका कारण भोगेको विभिन्न घटनाको कथा समेटिएको उक्तगीतको म्युजिक भिडियोमा महेन्द्र गौतम, दिनेश दुलाल, दिपासा बिसि र रिश्वान अर्यालले अभिनय गरेका छन् भने अतिथि कलाकारमा शम्भु श्रेष्ठ र कृष्ण प्रसादराज घतानीले अभिनय गरेका छन् । एसजीएफ युट्युब च्यानलबाट सार्वजनिक गरिएको म्युजिक भिडियोमा प्रेममा धोका पाएपनि प्रेकिालाई विर्सन नसकेको प्रेमीको कथा छ। करण चैसिरको छायाँकन रहेको गीतको म्युजिक भिडियो राजकुमार मगरले सम्पादन गरेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij