२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

अब अमेरिकामा पनि गोल्डस्टार जुत्ता किन्न पाइने

अब अमेरिकामा पनि गोल्डस्टार जुत्ता किन्न पाइने

1.2K
Shares

काठमाडौं – नेपाली ब्रान्ड गोल्डस्टारको जुत्ता अबदेखि अमेरिकामा पनि किन्न पाइने भएको छ। गोल्डस्टार सुज आधिकारिक रूपमा अमेरिकी बजारमा प्रवेश गरेको हो। अमेरिकामा विक्री-वितरण गोल्डस्टार जुत्ताको निर्माता तथा उत्पादक-वितरक कम्पनी किरण सुज म्यानुफ्याक्चर्सले गर्नेछ।

न्यू योर्कस्थित एक कार्यक्रममा म्यानुफ्याक्चरर्सका अध्यक्ष आमिर प्रताप ज.ब राणाले गोल्डस्टार जुत्ता अमेरिकाभर तोकिएका स्थानबाट उपलब्ध हुने घोषणा गरेका थिए।

कार्यक्रममा नेपालका कार्यवाहक महावाणिज्यदूत बिष्णुप्रसाद गौतम, गोल्डस्टारकी कार्यकारी निर्देशक विदुषी राणा र ग्रेटर न्यू योर्क चेम्बर अफ कमर्सका अध्यक्ष मार्क ज्याफ सहभागी थिए। सन् २००० को सुरूआतमा गोल्डस्टार जुत्ताले भारतमा आफ्नो व्यापार क्षेत्र विस्तार गरेको थियो।

यसको मूल्य दायरा भारतीय मजदूर वर्गका नागरिकसँग मेल खाने हुँदा गोल्डस्टारले भारतमा चर्चा पायो। अहिले गोल्डस्टार जुत्ता अस्ट्रेलियामा, जापान र कतारमा पनि विस्तार भइसकेको कम्पनीले जनाएको छ। अब भने यो ब्रान्डको जुत्ता अमेरिकी बजारमा पनि विक्री हुन थालेको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij