काठमाडौं – बैंक वित्तीय संस्थाहरूले निक्षेपको ब्याजदर हेरफेर गर्दा सबै प्रकारका बचत खातामा लागू गर्नुपर्ने निर्देशन नेपाल राष्ट्र बैङ्कले दिएको छ। नेपाल राष्ट्र बैङ्कले सोमबार क ख र ग वर्गका संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा विभिन्न प्रकारका बचत खाताहरूमा दिइने ब्याजदर अन्तर दुई प्रतिशत बिन्दुभन्दा बढीले परक गर्न नपाइने व्यवस्था गरेको छ। राष्ट्र बैङ्कले यो निर्देशनलाई थप स्पष्ट पार्दै बचत खाताको ब्याजदर बढाउँदा वा नयाँ बचत खाता विकास गर्दा सबै प्रकारका बचत खाताको ब्याजदर बढ्ने र ब्याजदर घटाउँदा सबै प्रकारका बचत खाताको ब्याजदर घट्ने गरी ब्याजदर समायोजन गर्नुपर्ने उल्लेख गरेको छ, गोरखापत्रमा खबर छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij