२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

आइएमई मोटर्सको जितपुर र नवलपरासीमा नयाँ शाखा

आइएमई मोटर्सको जितपुर र नवलपरासीमा नयाँ शाखा

980
Shares

काठमाडौं – आइएमई ग्रुप अन्र्तगत संचालित आइएमई मोटर्स प्रा.लिले २ वटा शाखा समुद्घाटन गरेको छ । जितपुर बारा स्थित थ्रि एस सेटअप र सर्दी नवलपरासी पूर्वमा अवस्थित २ एस सेटअपको एक कार्यक्रमबीच नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

यी शाखाहरूबाट सुविधा सम्पन्न शाखाबाट अशोक लेलैण्ड गाडीहरुका लागी सेल्स, सर्भिस र स्पेयर पार्टस उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । दुई वटै शाखाको समुदघाटन नेपाल उधोग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल भारतको दोस्रो ठूलो अटोमोबाइल कम्पनी अशोक लेलैण्डका सार्क हेड सुजन रोयले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

उद्घाटनका क्रममा ग्रुपका अध्यक्षढकालले “अशोक लेलैण्डमा गरेको लगानीले भविष्यमा राम्रो प्रतिफल दिने र एउटा भरपर्दो ब्राण्ड भएकोले यसमा लगानी गरेको जानकारी दिए । यस क्षेत्रका ग्राहकहरुले ढुक्क भएर अशोक लेलैण्ड गाडीहरुमा लगानी गर्न अनुरोध गर्दै बिक्री पछिको सेवाको लागि जस्तो सुकै परिस्थितिमा पनि ग्राहकको साथमा रहने प्रतिबद्घता समेत ब्यक्तगरे .।

नेपालका लागि अशोक लेलैण्ड गाडीको एकमात्र अधिकृत बिक्रेता आइएमईमोटर्सले प्रदेश नं २ र लुम्बिनी प्रदेश अवस्थित शाखाको विस्तारले ग्राहकहरुलाई थ्रि—एस (सेल्स, सर्भिस र स्पेयर्स ) साथ सम्पूर्ण सेवाहरुको पूर्ण सुविधा प्रदान गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए ।

सोही कार्यक्रममा अशोक लेलैण्ड भारतका सार्क अन्तर्राष्ट्रियव्यापार प्रमुख सुजन रोयका अनुसार अशोक लेलैण्ड हिन्दुजा समूह अन्तर्गतको ७३ बर्ष पुरानो भारतको दोश्रो ठूलो कमर्शीयल गाडी निर्माता कम्पनीभएको र आइएमई मोटर्ससँगको सहकार्यमा नेपालमा अशोक लेलैण्डको आक्रमक बजार बिस्तार गर्ने उद्देश्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij