काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलिय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिष्कार गर्ने भएको छ । सभामुख अग्नीप्रसाद सापकोटाले बोलाएको सर्वदलिय बैठक पनि एमालेले बहिष्कार गरेको थियो ।
संसदको गतिरोध अन्त्य गर्ने उद्देश्यले प्रधानमन्त्रीले आज सर्वदलिय बैठक बोलाएका छन । राजनितिक दल सम्बन्धी अध्यादेश र सभामुखले एमालेले कारवाही गरेको १४ सांसदलाई कारवाहीको सुचना टाँस नगरेको वारेमा विवाद भएपछि एमालेले संसद अवरुद्ध गर्दै आएको छ । आज पनि प्रतिनिधिसभा बैठक बोलाइएको छ । आजको बैठक पनि सुचारु हुने सम्भाव देखिदैन ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij