काठमाडौं– चाडपर्व नजिकिएसँगै विभिन्न अटोमोबाइल कम्पनीले नयाँ अफरहरू भित्र्याएको छ। यस्तैमा सुजुकीले पनि गत साता ‘दसैं आयो, उमंग छायो’ भन्ने नयाँ चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत ग्राहकले सुजुकीको कुनै पनि बाइक तथा स्कुटरको खरिदमा १० हजारको छुट पक्का पाउनेछन्। त्यस्तै ग्राहकले १ वर्षसम्मको सडक कर छुट, फाइनान्स सुविधा र एक्सचेन्ज सुविधा पाउनेछन्।
यसबाहेक हरेको दोस्रो साता एक जना भाग्यशाली विजेताले १५५ सिसीको बाइक इन्ट्रुडर जित्न सक्नेछन्। सुजुकीको लागि नेपालको आधिकारिक वितरक भिजी अटोमोबाइल्सका महाप्रबन्धक धिरज भट्टराईका अनुसार अरू समयमा भन्दा चाडपर्वमा प्रदान गरिने छुट र योजनाहरू प्रति बढी ग्राहक आकर्षित छन्।
‘धेरैजसो ग्राहक दशैं–तिहार र विशेष चाडपर्वमा नयाँ सवारी साधन किन्ने योजनामा हुन्छन्। यस्तो समयमा कम्पनीको विभिन्न योजनाले उहाँहरूलाई पनि फाइदा हुन्छ’ महाप्रबन्धक धिरज भन्छन्, ‘यस हिसाबमा चाडपर्वमा सामान्यभन्दा बिक्री तथा वितरण पनि बढ्छ।’
अहिले चालु योजना कात्तिक ३० गतेसम्मलाई लागु हुनेछ। कम्पनीले हाल ६२ वटा आउटलेटबाट नेपालधर सुजुकीको विभिन्न मोडलका बाइक र स्कुटर बिक्री गर्दैछ। यसको सर्भिस सेन्टरहरू पनि हरेक आउटलेटसँगै छ।
सर्भिसिङकै विषयमा बोल्दै कम्पनीका मार्केटिङ प्रमुख समित सिंह भन्छन्, ‘बाइक र स्कुटरको आधिकारिक सर्भिस सेन्टरमा सर्भिसङ गराउँदा राम्रो हो। किनभने कुनै पाटपूर्जा फेर्दा कम्पनीकै सामग्री प्रयोग गर्न सकिन्छ। स्थानीय अथवा वरपरको वर्कशपमा गर्दा कस्तो पाटपूर्जा हालेको भन्ने थाहा हुँदैन। यसले बाइकको आयु घटाउनुको साथै दीर्घकालिन समस्या पनि हुन सक्छ।’
उनी कुनै पनि बाइक र स्कुटरको समस्या अथवा सर्भिसिङको लागि सुजुकीको आधिकारिक सर्भिस सेन्टरमा देखाउन सल्लाह दिन्छन्। हाल बजारमा सुजुकीको जिक्सर एफआई–१५० बाइक प्रचलित छ। त्यस्तै स्कुटरमा सुजुकीको बर्गमन स्ट्रिट–१२५ र एक्सेस–१२५ले राम्रो बजार पाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij