२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

माघ ७ गतेदेखि १२ गतेसम्म ‘नाडा अटो शो’ हुने

माघ ७ गतेदेखि १२ गतेसम्म ‘नाडा अटो शो’ हुने

930
Shares

काठमाडौं – वृहत अटो मेला ‘नाडा अटो शो २०२२’ आगामी माघ ७ गतेदेखि १२ गतेसम्म आयोजना हुने भएको छ । कोभिड–१९ का कारण दुई वर्ष रोकिन पुगेको अटो शोलाई यस वर्ष माघमा गर्ने गरि नाडाले नयाँ मिति तोकेको हो । अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले प्रत्येक वर्ष दसैं तिहारको अवसरमा भदौ–असोजमा अटो शो को आयोजना गर्दै आएको छ । तर, गएको दुई वर्ष भने कोभिडकै कारण अटो शो हुन सकेन ।

यस वर्षका लागि नाडाले पहिलो पटक भदौ २६ गते अटो शोको मिति तोकेको थियो । तर संभव हुन सकेन । तर वातावरण विस्तारै अनुकुलता तर्फ गएकाले अटो शो माघको दोस्रो साता गर्ने गरि नयाँ मिति तोकिएको नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए ।

यद्यपि, माघमा हुने अटो शोले व्यवसायीहरूमा उत्साह र उपभोक्ताहरूमा आकर्षण गर्न सक्छ कि सक्दैन त्यो भने नाडा आफै अन्योल बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij