दाङ – नेकपा ( माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले अमेरिकी सहयोग परियोजना (एमसीसी) कुनै पनि हालतमा पास नहुने बताएका छन् ।
शनिबार अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेश कमिटीको प्रथम सम्मेलनको उदघाटन समारोहलाई सम्बोधन गर्दै महराले भने, ‘तपाईंहरू ढुक्क हुनुस् एमसीसी कुनै पनि हालतमा पास हुँदैन ।’
उनले एमसीसीलाई नेपालमा टेकेर ‘चीनलाई घेर्ने रणनीति’ को संज्ञा पनि दिए । एमसीसीको प्रकृया बढाउँदा आर्थिक सहयोगको विषयमा मात्र राखिएकोमा अहिले अमेरिकाले सैन्य गठबन्धनमा रूपान्तरण गरेको उनको भनाइ छ । ‘एमसीसी प्रकृया अगाडि बढाउँदा म मन्त्री थिएँ, त्यतिबेला आर्थिक सहायता भन्ने मात्र थियो, तर अहिले आएर अमेरिकाले आर्थिक सहायतालाई इण्डो प्यासिफिकको अभिन्न अंगको रुपमा स्थापित गरेको छ,’ महराले भने ।
आफू सभामुख हुँदा पनि एमसीसीको विषयलाई संसदमा प्रवेश गर्न नदिएको उनले बताए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij