२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सम्झौता अवधि अघि नै पुल निर्माण सम्पन्न

सम्झौता अवधि अघि नै पुल निर्माण सम्पन्न

975
Shares

धनुषा – ठेक्का सम्झौता अवधिमा काम सम्पन्न नगर्ने परिपाटी बढिरहेका बेला धनुषाको महेन्द्रनगरस्थित औरही खोलामा रसुवा कन्स्ट्रक्सनले सात महिना अगाडी नै तीन वटा पुल निर्माण गरेर देखाएको छ । ढल्केवर जनकपुर जटही सडक खण्डमा रसुवा निर्माण कम्पनीले सम्झौता अबधि सकिन सात महिना बाँकी रहदै तीन वटा पुल निर्माण सम्पन्न गरि सरकारलाई हस्तान्तरण गरेको हो ।
ढल्केवर जनकपुर जटही सडकलाई ६ लेनको सडकमा स्तरोन्नति गरेपछि धनुषाको महेन्द्रनगरस्थित औरही खोलामा सरकारले ६ लेनको सडकलाई मिल्नेगरी तीन वटा पुल निर्माण गरेको हो । सडक विस्तार भएदेखि सवारी साधनको चााप बढेको र भएको पुरोनो पुलबाट आउजाउ गर्न समस्या भइरहेका बेला एकै चोटी तीन तीन वटा पुल बनेपछि सवारी साधनलाई आउजाउ गर्न सहज भएको स्थानिय वासीहरु बताउछन्।
सरकारसंग भएको सम्झौता अनुसार २०७८ चैत्र मसान्तमा तीन वटै पुल हस्तान्तरण गर्नुपर्ने थियो । तर, काम सम्पन्न हुनुपर्ने मिति भन्दा सात महिना अगाडि नै ७७ करोड २७ लाखको लागतमा पुल निर्माणको काम सम्पन्न भएको हो । नेपाल सरकार र रसुवा कन्स्ट्रक्सन बीच २०७६ असोज ३० गते सम्झौता भइ मंसिरदेखि काम सुरु भएका तीन वटै पुल सवारी साधनका लागि खुला गरिएको छ ।
औरही खोलामा ठेकेदारले सात महिना अगाडि तीनवटा पुल निर्माण गरेर हस्तान्तरण गरेपनि ढल्केवर जटहीमा ६ लेनकै सडकको सपही र नक्टाझिज स्थित खहरे खोलामा एकैदिन सम्झौता भएको अर्को निर्माण कम्पनीले जग निर्माण गरेर पुलको बााकी काम अधुरै छाडेको छ ।
औरही खोलामा निर्माण सम्पन्न तीन वटा पुलमध्ये दुई वटा पुल ६ लेन सडकका लागि हुन् भने एउटा पुललाई सर्विस लेनको रुपमा राखिएको छ । पुलको लम्बाई १ सय ४३ दशमलब ५ मिटर र चौडाई ११ दशमलब ६ मिटर छ ।
यस अधि पनि दर्जनौ स्थानमा रसुवा कन्स्ट्रक्सनले ठेक्का सम्झौता अवधि भन्दा अगाबै निर्माण सम्पन्न गरि सकारलाई आयोजना हस्तारण गरिसकेको छ।जस वापत स्थानिय सरकार र संघ संस्थाहरुबाट रसुवा कन्स्ट्रक्सनलाई अभिन्नदन समेत गरेका समाचारहरु आईरहेका छन्।
व्यवसायिक दक्षता र जिम्मरेवारी बोधका कारण आफ्नो कंम्पनीले सबै ठाँउमा ठेक्का सम्झौता अवधि भन्दा अगाबै निर्माण सम्पन्न गर्ने गरेको भनाई रसुवा कन्स्ट्रक्सन कंम्पनीका अघ्यक्ष राजेन्द्रराज आचार्य बताउछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij