२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

माछापुच्छ्रे बैंकको अफर : २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहार

माछापुच्छ्रे बैंकको अफर : २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहार

1.7K
Shares

काठमाडौं – माछापुच्छ्रे बैंकले आफ्नो २१औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहारको बहार ल्याएको छ।
यो अफर ८ गतेदेखी १७ गते सम्मका लागि लागू हुने बताइएको छ। जस अन्तर्गत ग्राहकहरुले डेबिट वा क्रेडिट कार्डबाट पिओएस वा इ-कमर्स साइटमा कार्डबाट कम्तिमा ३ वटा कारोबार गरी दैनिक २१०सम्म र अफर अवधिभर अधिकतम २१ सयसम्मको क्यास ब्याक पाउन सक्नेछन्।

क्यास ब्याकको अतिरिक्त ग्राहकहरुले दैनिक आकर्षक उपहारहरु पनि जित्न सक्नेछन्। आकर्षक उपहारहरुमा अल्काटेलको ट्याब्लेट, सिजिको माइक्रोओभन, सामसुङ माइक्रोओभन, इन्टेक्स ग्यास स्टोभ, पोलोरोइड क्यामरा, विभिन्न होटल तथा रेष्टुरेन्टहरुबाट प्रि गिफ्ट कुपनहरु ट्राभल प्याकेजहरु, फुडमाण्डुबाट गिफ्ट भौचर, भेस्पा स्कुटरको तर्फबाट हेल्मेट र ज्याकेट लगायत थ्रुपै उपहारहरु रहेका छन्।

यसबाहेक सेल्सवेरीमा भुक्तानी गर्दा सेल्सवेरीको तर्फबाट हरेक दिन ५ हजारसम्मको गिफ्ट भौचर पनि जित्न सकिनेछ। वल्र्डलिंक, कल्पमार्ट, ग्यापु र जिभसाथीको तर्फबाट समेत अफर अवधिभर दैनिक गिफ्ट भौचरहरु जित्न सकिनेछ।

क्राटोस टेक्नोलोजीको तर्फबाट विभिन्न ग्याजेटहरु र डराजबाट खरिद गर्दा ४ सय १० सम्मको डिस्काउन्ट पनि पाउन सकिनेछ।
डेबिट र क्रेडिट कार्ड बाहेक बैंकको मोबाईल बैकिङबाट अफर अवधिभर कुनै पनि कारोबार गर्ने ग्राहकहरु मध्येबाट एक जनाले मेगा बम्पर उपहार स्वरुप फोनपेको तर्फबाट सामसुङ ग्यालेक्सी एस २१ फोन प्राप्त गर्न सकिन्छ।

माछापुच्छ्रे बैंक यही असोज १७ गते २१ वर्ष पुरा गरी २२ औँ वर्षमा प्रवेश गर्दै छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij