२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

995
Shares

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ६०० ले घटेकोे छ । छापावाल सुन बिहीबार ८९ हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार र तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० कायम गरिएको छ । तेजाबी सुन बिहीबार प्रतितोला ८९ हजार १५० मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार चाँदीको मूल्य बिहीबारका तुलनामा आज प्रतितोला पाँचले बढेको छ । चाँदी बिहीबार प्रतितोला एक हजार १५५ मा कारोबार भएकामा आज एक हजार १६० तोकिएको हो ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७५१ दशमलव ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ, जुन समय समयमा परिवर्तन भइरहन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij