२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

आइएमई मोटर्सको ‘दसैं तिहारको बहार पक्का उपहार’

आइएमई मोटर्सको ‘दसैं तिहारको बहार पक्का उपहार’

870
Shares

काठमाडौं– आइएमई ग्रुप अन्तर्गत सञ्चालित आईएमई मोटर्सले दसैं तिहार लक्षित ‘दसैं तिहारको बहार पक्का उपहार’ साथै बम्पर उपहार योजना ल्याएको छ। जस अन्तर्गत कुनै पनि अशोक लेलैण्डको गाडी खरिदमा ग्राहकले छानी छानी उपहार पाउने छन्।

चाडपर्वमा ग्राहकहरुले अफरलाई नै बढी प्राथमिकता दिने भएको हुँदा ग्राहकको माग अनुसार नै यो योजना बजारमा ल्याएको आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बताए। यस योजना अनुसार ग्राहकले अशोक लेलैण्डको दोस्त, बस साथै ट्रक टिप्परको कुनै पनि मोडलको गाडी खरिद गर्दा आफ्नो इच्छा अनुसार उपहार छानी-छानी लान सक्नेछन्। अफर अन्तर्गत अशोक लेलैण्डको दोस्त गाडीको खरिदमा १५ ग्राम सुन अथवा स्मार्ट फोन साथै थप नगद डिस्काउन्ट अथवा स्मार्ट टिभि र क्यास डिस्काउन्ट पाउन सक्नेछन्।

ग्राहकले आइसीभी हाउलेज, एमसीभी टिप्पर वा बसमध्ये एकै पटक दुई वटा गाडी किन्दा ६० ग्राम सुन अथवा एप्पलको म्याक बुक प्रो साथै आइफोन १२ प्रो म्याक्स वा रोयल इन्फिल्ड ३५० सीसी बुलेट बाइक पाउने सक्नेछन्। त्यस्तै एचसीभी साथै आइसीभी टिप्परको एक गाडी किन्दा ३० ग्राम सुन वा आइफोन १२ प्रो म्याक्स वा टिभीएस एनटर्क स्कुटर पाउन सकिनेछ।

दुईवटा एचसिभी र आइसिभी टिप्परको खरिदमा ६० ग्राम सुन अथवा एप्पल म्याक बुक प्रो र आइफोन १२ प्रो म्याक्स वा रोयल इन्फिल्ड ३५० सिसीको बुलेट बाइक पनि पाउन सकिने कम्पनीले बताएको छ। योजना अन्तर्गत बम्परमा तीन जान भाग्यशाली जोडीलाई ५ रात ६ दिने युरोप टुरको पनि अफर ल्याएको कम्पनीले जनाएको छ। चाडपर्व लक्षित योजना मंसिर ३० गतेसम्म मात्र लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij