एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले असोज २५ गतेदेखि हकप्रद शेयरको बिक्री खुला गर्ने भएको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात १०० कित्ता शेयर बराबर ३० कित्ता शेयरको अनुपातमा हकप्रद शेयर बिक्री गर्न लागेको हो।
हाल बैंकको चुक्तापूँजी ८१ करोड ११ लाख २१ हजार २२४ रुपैयाँ छ । यसअनुसार बैंकले एक सय रुपैयाँ अंकित दरका २४ करोड ३३ लाख ३६ हजार ३६७ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३६३.६७ कित्ता हकप्रद बिक्री गर्न लागेको हो । हकप्रदपछि बैंकको चुक्तापूँजी १ अर्ब ५ करोड ४४ लाख ५७ हजार ५९२ रुपैयाँ पुग्नेछ।
हकप्रद निष्काशनका लागि बैंकले असोज १ गते बुकक्लोज गरेको थियो। यसअनुसार भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।
त्यस्तै बैंकले आर्थिक वर्ष २०७६/७७ मुनाफाबाट चुक्ता पूँजी (८१ करोड ११ लाख २१ हजार २२४ रुपैयाँ) को १२ प्रतिशतले हुन आउने ९ करोड ७३ लाख ३४ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ५१ लख २२ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ।
बोनसका लागि पनि भदौ ३१ मै बुकक्लोज भइसकेको छ । असोज १६ गते हुने बैंकको साधारण सभाले १२ प्रतिशत बोनस पारित गर्दैछ । हकप्रद र बोनस वितरणपछि बैंकको चुक्तापूँजी एक अर्ब १५ करोड १७ लाख रुपैयाँ पुग्नेछ । भदौ ३० गतेसम्म कायम शेयरधनीले हकप्रद र बोनस शेयर दुवै पाउनेछन् । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को लाभांश घोषणा गर्न बाँकी नै छ ।
बैंकको हकप्रद शेयरको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। हकप्रदमा एनआईबिएल एस क्यापिटल तथा एक्सेल डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत कात्तिक १४ गतेसम्म आवेदन दिन पाउनेछन् ।
बैंकको अहिले दोस्रो बजारमा शेयरको मूल्य प्रतिकित्ता ६७४ रुपैयाँ छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij