२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

एप्पलले अब मिनी आइफोन उत्पादन नगर्ने

एप्पलले अब मिनी आइफोन उत्पादन नगर्ने

1.3K
Shares

गत हप्ता एप्पलले आफ्नो नयाँ आइफोनको उत्पादनमा ‘आइफोन–१३’ सिरिजका स्मार्टफोन सार्वजनिक गरेको थियो। यो सिरिजमा एप्पलले ‘आइफोन–१३’, ‘आइफोन–१३ मिनी’, ‘आइफोन–१३ प्रो’ र ‘आइफोन–१३ प्रो म्याक्स’ ल्याएको थियो। यी चार स्मार्टफोनमध्ये ‘आइफोन–१३ मिनी’ एप्पलको अन्तिम मिनी आइफोन हुने बताइएको छ।

ग्याजेट ३६०का अनुसार एप्पलले अर्को वर्ष ‘आइफोन–१४ मिनी’ उत्पादन गर्ने छैन, अर्थात् ‘आइफोन–१३ मिनी’ अन्तिम मिनी आइफोनमा पर्छ।
गत वर्ष पहिलो मिनी आइफोन ‘आइफोन–१२ मिनी’को बजार त्यत्ति फस्टाउन सकेको थिएन। कम्पनीले यो वर्ष नयाँ ‘आइफोन–१३ मिनी’ सार्वजनिक गर्यो। अब अर्को वर्षदेखि भने यी मिनी आइफोनका उत्पादन रोकिने छ।

टिप्सटर जोन प्रोसेरका अनुसार एप्पलले सन् २०२२ मा ‘आइफोन–१४ मिनी’ ल्याउने छैन र ‘आइफोन–१३ मिनी’ उत्पादन हुने सम्भावना यही वर्षलाई मात्र छ। त्यसैले यदी कोही मिनी आइफोन किन्ने सोच गरिरहेका छन् भने ‘आइफोन–१३ मिनी’ अन्तिम विकल्प हुने उनी बताउँछन्।

गत जुनमा विश्लेषक मिङ–ची कुओले सन् २०२२ मा सार्वजनिक हुने आइफोनका मोडलहरु अनुमान गरेका थिए। त्यसमा उनले ‘आइफोन–१४’का सिरिजमा मिनी आइफोनबारे केही उल्लेख गरेका थिएनन्।

‘आइफोन–१४ मिनी’ उत्पादन नहुने भएपनि एप्पलले ‘आइफोन–१४’का सिरिजमा चारवटा मोडल ल्याउने कुओको भनाइ छ। यसमा दुई ६.७ इन्चको प्रिमियम मोडल र अर्को दुई ६.१ इन्चको लो–इन्ड मोडल हुनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij