२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

टाटा गाडीका लागि ‘शुभकामना सर्भिस क्याम्प’ योजना

टाटा गाडीका लागि ‘शुभकामना सर्भिस क्याम्प’ योजना

1.2K
Shares

काठमाडौं – ग्राहकवर्गलाई दसैंको शुभकामनाका साथमा प्रत्यक्ष सेवा प्रदान गर्ने उद्देश्यले टाटा मोटर्सले ‘टाटा मोटर्स शुभकामना सर्भिस क्याम्प’ आयोजना गरेको छ।

योजना यही असोज ४ देखी असोज २० गतेसम्म आयोजना भइरहेको छ। सिप्रदीका ५२ वटा सर्भिस सेन्टरहरुमा एकैसाथ आयोजना भइरहेको यो क्याम्प सम्पूर्ण टाटा कमर्शियल गाडीहरु लक्षित गरिएको छ।

उक्त अवधिभर टाटा कमर्शियल गाडीका ग्राहकहरुले टाटा जेन्यूइन स्पेयर पार्टसमा १० प्रतिशत छुट, ब्रेक आइटममा १५ प्रतिशत छुट, ल्युब्रिकेट्समा १५ प्रतिशत छुट तथा अन्य ल्युब्रिकेंट्सहरुमा हाइड्रोलिक आयल, ब्रेक आयल, कल्च आयल, कुलेन्ट तथा डी.इ एफमा २० प्रतिशत छुट, एक्साइड ब्याट्रिमा २० प्रतिशत छुटका साथमा एक्सचेन्ज सुविधा राखेको छ।

यसका साथै क्याम्पमा टाटा गाडी सम्बन्धि अनलाइन परामर्श, चालक प्रशिक्षण कार्यक्रम तथा भाग्यशाली ग्राहकहरुले बम्पर पुरस्कारमा स्मार्ट मोबाइल, स्मार्ट टिभि, फ्रीज, वासिङ मसिन आदि जित्ने अवसर छ।

साथै लामो समयदेखी चल्न नपाएका लामो दुरीका बस तथा स्कुल बसहरुको विशेष जाँच गरीदिने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij