काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा यति बेला वडा स्तरका अधिवेशनहरु हुनेक्रम जारी रहेको छ । वडा अधिवेशन सम्पन्न भएपछि पालिकाको अधिवेशन हुने भएसगैं उम्मेदवारी घोषणा गर्नेक्रम जारी रहेको छ ।
नेपाली कांग्रेस खाँडादेवी गाउँपालिका रामेछापको सहसचिव युवा नेता कुशल खत्रीले उम्मेदवारी घोषणा गरेका छन् । उनी हाल तरुण दलमा आवद्ध छन् । खत्री मिडियाका साथै सामाजिक कार्यमा सक्रिय रहेका छन् । स्थानियहरुको दुखसुखमा खत्री सधै साथमा रहने गर्दछन् । कोभिड –१९ को बेला उनी स्वास्थ्य सामाग्री वितरणदेखी पीडितलाई खाद्यान्न सहयोग गरे ।
खत्री त्यस क्षेत्रमा बौद्धिक एंव इमान्दार युवा नेताको पहिचान बनाउन सफल भएका छन् । त्यसका साथै आफ्नो क्षेत्रको विकास निर्माणमा पनि सक्रिय भएर लागेका छन् । सह–सचिव पदमा उम्मेदवारी घोषणासगैं खत्रीले आफ्नो प्रतिबद्धता पनि सार्वजनिक गरेका छन् ।
उनका प्रतिबद्धतामा युवा वर्गलाई सामाजिक तथा आर्थिक विकाससगैं उद्यमशिलतामा लगाउने प्रेरित गर्ने, आगामी निर्वाचनमा पार्टीका सम्पूर्ण व्यक्तिहरुलाई एकजुट गराउँँदै पार्टीलाई सबै तहमा विजयी गराउन, क्रियाशिल सदस्यहरुको क्षमता नेतृत्व क्षमता बृद्धि गराउने पार्टी भित्रका मतभेदलाई न्युनिकरण गर्ने, युवा वर्गलाई राजनीतिको मुलधारमा स्थापित गराउने लगाएतका रहेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij