काठमाडौं – सेयर बजारमा यो साताको पहिलो कारोबार दिनै नै भारी गिरावट भएको छ । सोमबार बजार परिसूचक नेप्सेमा ४ प्रतिशतभन्दा माथिको गिरावट हुँदा २७०० अङ्कको बिन्दुबाट तल झरेको छ ।
सोमबार प्रि–ओपन सेसनमा सामान्य बढेपछि नियमित कारोबार सुरु भएसँगै लगातार घटेको नेप्सेमा तीव्र उतारचढावकाबीच ११४.०२ अङ्कको उच्च्च गिरावट हुँदा २६९८.२५ अङ्कमा बन्द भएको छ ।
नेप्सेसँगै सबै उपसूचकामा पनि गिरावट भएको छ । उत्पादनमुलक, बैंकिङ र लघुवित्त उपसूचकमा तुलनात्मक रूपमा कम गिरावट हुँदा वित्त कम्पनी उपसूचक भने सवार्धिक बढेको छ ।
आज नेप्सेमा वित्त कम्पनी उपसूचकमा सवार्धिक ८.५६ प्रतिशतको गिरावट हुँदा हाइड्रोपावर उपसूचक ६.८ प्रतिशत, विकास बैंक उपसूचक ६.३५ प्रतिशत, जीवन बिमा उपसूचक ५.०७ प्रतिशत, लगानी उपसूचक ५.३९ प्रतिशतले घटेको छ । यस्तै, होटेल तथा पर्यटन उपसूचक ४.७२ प्रतिशत, व्यापार उपसूचक ४.८ प्रतिशत र निर्जीवन बिमा उपसूचकमा ४.८४ प्रतिशतको गिरावट हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक २.७ प्रतिशत, लघुवित्त उपसूचक ३.०७ प्रतिशत र उत्पादनमुलक उपसूचक १.३९ प्रतिशतले घटेको छ ।
‘इन्ट्रा–डे’मा ३२०० अङ्क नाघेपनि भदौ २ गते ३१९९.०३ अङ्कको ऐतिहासिक बिन्दुमा बन्द भएर भदौ ३ गतेदेखि घट्न सुरु भएको नेप्सेमा एक महिनामा नै ६०० अङ्कभन्दा बढीको गिरावट भइसकेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij