२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

घोराही सिमेन्टको विद्युत् बक्यौता एक अर्ब १३ करोड

घोराही सिमेन्टको विद्युत् बक्यौता एक अर्ब १३ करोड

1.3K
Shares

दाङ – घोराही सिमेन्ट उद्योगले लामो समयदेखिको विद्युत् महशुल तिरेको छैन । उद्योगको नाममा एक अर्ब १३ करोड रुपैयाँ विद्युत् बक्यौता रहेको छ ।
नेपाल विद्युत प्राधिकरण घोराही कार्यालयका अनुसार सिमेन्ट उद्योगले एक अर्ब १३ करोड रुपैयाँ विद्युत् बक्यौता तिर्न बाँकी छ । पटकपटक बक्यौता तिर्न निर्देशन दिए पनि उद्योगले बक्यौता भुक्तानी गर्न अटेरी गरेको कार्यालय प्रमुख अमितकुमार कर्णले बताए । उद्योगका लागि लमहीबाट आएको डेडिकेटेड लाइनको बक्यौता रकम बाँकी रहेको उनले बताए ।

उद्योगले डेडिकेटेड लाइन जडान गरेदेखि नै शुल्क तिरेको छैन । देशभरीकै उद्योगहरूमा यस्तो समस्या भएकाले लाइन नकाट्न केन्द्रको निर्देशन पर्खिरहेको उनको भनाइ छ । ‘नीतिगत रुपमा शुल्क नबुझाएपछि विद्युत् लाइन काट्नेलगायतका काम गर्नुपर्ने हो,’ प्रमुख कर्णने भने, तर केन्द्रकै समस्या भएकाले हामीले केही गर्न सकेका छैनौ, जे निर्देशन आउँछ त्यही गर्छाै ।’ उद्योगले नर्मल लाइनको विद्युत् महशुल भने नियमित रुपमा तिरिरहेको उनले बताए । बक्यौतासम्बन्धी मुद्दा अदालतमा रहेको र अदालतको निर्णय आएपछि मात्रै कदम चाल्न सकिने उनले बताए । ‘देशभर नै यस्तो समस्या भएकोले घोराहीलाई मात्रै केही गर्न सकिएन,’ उनले भने, ‘केन्द्रबाट निणर्य र निर्देशन भए काम गर्ने हुन्थ्यो ।’

घोराही सिमेन्ट उद्योगले भने अस्वभाविक रुपमा शुल्क तोकिएपछि तिर्न नसकेको जनाएको छ । उद्योगका अमर सुवेदीका अनुसार आफैले लगानी गरेर विद्युत्को डेडिकेटेड लाइन ल्याएको हो । उनले उद्योगले अहिले पनि मासिक ३–४ करोड रुपैयाँ नियमित विद्युत् शुल्क तिरिराखेको बताए । अदालतको निर्णय आएपछि बक्यौता रकमको निर्णय लिन सकिने बताए । न्युज कारखाना

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij