२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

संविधान दिवसको अवसरमा ३० जनालाई नेसनल प्रोफेसनल अवार्ड प्रदान

संविधान दिवसको अवसरमा ३० जनालाई नेसनल प्रोफेसनल अवार्ड प्रदान

1.2K
Shares

काठमाडौैं – सिजन मिडियाले आफ्नो १३ औं स्थापना र संविधान दिवस २०७८ को अवसरमा नेपालका विभिन्न क्षेत्रका हस्तीहरुलाई अवार्ड तथा सम्मान गरेको छ । लाजिम्पाटस्थित होटल ¥याडिसनमा भव्य कार्यक्रमको आयोजनामा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको हातबाट विभिन्न विधाका ३१ जनालाई अवार्ड तथा सम्मान वितरण गरिएको हो ।
यस वर्ष ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ अन्तर्गत बरिष्ठ स्त्री रोग तथा प्रस्तुति विशेषज्ञ डा भोला रिजाललाई सम्मान गरेको सिजन मिडियाका प्रबन्ध निर्देशक प्रदीपराज वन्तले जानकारी दिए । सन् २०१९ मा दुबईमा पहिलो संस्करण सम्पन्न भएको नेसनल प्राफेसनल अचिभमेन्ट अवार्डको दोस्रो संस्करण कोभिडका कारण बाह्य मुलुकमा असहज भएकाले नेपालमै आयोजना गरिएको उनले बताए ।

‘सामाजिक, साँस्कृतिक, शैक्षिक र व्यावसायिक क्षेत्रमा दशकौंदेखि काम गरी सफल भएका व्यक्तित्वहरुलाई हौसला जगाउन अवार्ड कार्यक्रम आयोजना गरिएको हो,’ उनले भने, ‘एकातर्फ कोभिडका कारण कुनै गतिविधि नै भएका छैनन् र यसप्रकारको सम्मान कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गर्ने छ भन्ने विश्वास लिएका छौं ।’
कार्यक्रमबाट नेसनल प्रोफेसन अचिभमेन्ट अवार्ड स्पेसल बैंकिङ अनर अवार्डबाट सिभिल मर्चेन्टका पूर्व सिइओ तथा राष्ट्रिय वाणिज्य सहकारी संस्थाका अध्यक्ष जयन्द्रलाल श्रेष्ठलाई सम्मानित भएका छन् । पत्रकारिता क्षेत्रमा आफ्नो बेग्लै पहिचान स्थापित गर्न सफल वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई स्पेसल अनर जर्नालिज्म अवार्ड अर्पण गरियो । मस्ट इन्स्पाइरिङ एन्ड इन्फुलियन्स वुमन अवार्डबाट महिला उद्यमी भवानी राणा सम्मानित भईन् । नेपाली चलचित्र क्षेत्रका अभिनेता, निर्देशक, निर्माता आकाश अधिकारी मल्टी डिस्पलनरी इन सिनेमा इन्डष्ट्री अवार्डबाट सम्मानित भए । शिक्षा क्षेत्रमा अनवरत तीनदशकदेखि सक्रिय साउथ वेस्टर्न स्टेट कलेजका भाइस प्रिन्सिपल हरिसिंह केसीलाई एजुकेसनल लिडरसीप एन्ड म्यानेजमेन्ट अवार्ड प्रदान गरियो ।

बैंकिङ सिइओ अफ दि इयर अवार्डबाट सनराइज बैंकका सिइओ सुमन शर्मा सम्मानित भए । वरिष्ठ पर्यटन व्यवसायी तथा पर्यटन प्रवद्र्धक तेजेन्द्र शर्मालाई लिडिङ टुरिजम इन्टरप्रिनियर अवार्ड प्रदान गरियो । कर्पोरेट कम्पनीहरुका स्लोगन निर्माण तथा ब्रान्डिङबाट ख्याति कमाएका मेघेन्द्रप्रकाश गिरी कम्युनिकेसन एन्ड ब्रान्डिङ एक्सिलेन्स अवार्डबाट सम्मानित भए । म्यानेजमेन्ट एजुकेसनल इनोभेटर अवार्डबाट मीना महर्जन सम्मानित भइन् ।

सिनियर अर्थोपेडिक स्पाइन सर्जन अवार्ड डा. पशुपति चौधरीलाई प्रदान गरियो । पत्रकार कृष्णप्रसाद सिग्देललाई डेभलपमेन्ट एन्ड इनभारोमेन्ट कम्युनिकेसन अवार्ड अर्पण गरियो । बरिष्ठ ब्यूटिसियन सीता न्यौपाने पाठकलाई एक्स्पर्ट ब्यूटिसियन ट्रेनर अवार्ड प्रदान गरियो । पोटिन्सियल डेरी प्रोडक्ट्स बिजनेसम्यान अवार्डबाट प्रदीप अधिकारी सम्मानित भए । बरिष्ठ फोटोग्राफर कवीन्द्रमान शाक्यलाई सिनियर इन्टरटेनमेन्ट फोटोग्राफर अवार्ड प्रदान गरियो ।

नेसनल प्रोफेसनल अचिभमेन्ट अवार्ड इन बैंकिङबाट ग्लोबल आइएमई बैंककी म्यानेजर शान्ता शिवाकोटी सम्मानित भइन् । नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री तथा निर्मात्रा उमा गिरीलाई फिमेल मुभी एक्ट्रिस अफ दि इयर अवार्ड प्रदान गरियो । बेस्ट कस्मेटिक ड्रमाटोलोजिस्ट अवार्डबाट डा. अनिलकुमार भट्ट सम्मानित भए । योङ आयुर्वेद रिसर्चर अवार्ड डा विजेन्द्र शाहलाई प्रदान गरियो ।

कन्ट्री भेटेनेरियन अवार्ड डा. सितलकाजी श्रेष्ठलाई अर्पण गरियो । बेस्ट लजिस्टिक सप्लायर अवार्ड बिजनेसम्यान लोकबहादुर थापा ‘राजु’लाई प्रदान गरियो । इन्फरमेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी अवार्ड विष्णुबहादुर ढकाललाई अर्पण गरियो । कोमलचन्द्र भगत सुदीलाई इन्भारोमेन्टल फ्रेन्ड्ली जर्नालिस्ट अफ दि इयर अवार्ड प्रदान गरियो । विज्ञापन बजारमा स्थापित बमबहादुर ढुंगेल ‘राजु’लाई डिजिटल एड्भरटाइजिङ एक्स्पर्ट अवार्ड, नारायण श्रेष्ठलाई बेस्ट बिजनेस इन्टरप्रिनियर अवार्ड प्रदान गरियो ।

त्यस्तै, सुनिल शर्मालाई बेस्ट फोटो जर्नालिस्ट अफ दि इयर अवार्ड, सिर्जु अधिकारीलाई भर्सटायल सिंगर फिमेल अवार्ड, बेस्ट फिल्म इडिटर अवार्ड अर्जुन जिसी, मिडिया पर्सन तथा भिडियो डाइरेक्टर डायसपरा कुसल श्रेष्ड लण्डनलाई प्रदान गरियो । लिडिङ इन्टरप्रिनियर इन अटोमोबाइल इन्डस्ट्री अवार्डबाट निर्मल सिग्देल, सीतासिंह कायस्थलाई बेस्ट बिजनेस वुमन इन आइटी इन्डस्ट्री अवार्ड प्रदान गरियो ।

त्यस्तै, बेस्ट सिनेम्याटोग्राफर अवार्डबाट निरज कडेँल सम्मानित भए भने मिडिया एण्ढ भिडियो डाइरेन्टर इन डायसपरा कुसल क्षेत्री त्यसै गरि भर्सटायल एक्टर अवार्ड कोशिस क्षेत्रीलाई अर्पण गरियो । साथै उक्त अवसरमा एसनेपाली मासिक पत्रिकाको पनि विमोचन गरिएको थियो

कार्यक्रममा पूर्वमन्त्री तथा यूपिएफ एसिया प्यसिफिकका अध्यक्ष एकनाथ ढकालले को विशेष उपस्थिति रहेको थियो । कार्यक्रमलाई यस नेपाली डटकमको फेसबुक पेज र क्यापिटल एचडी टिभीमार्फत लाइभ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij