२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

असोज ११ गतेबाट बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ निष्कासन हुने

असोज ११ गतेबाट बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ निष्कासन हुने

2K
Shares

काठमाडौं– बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले असोज ११ गतेदेखि सर्वसाधारणका लागि आईपीओ ८ करोड बराबरको आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ करोड रुपैयाँ बराबरकोे ८ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको हो ।

निष्काशन हुने कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ७ लाख ४४ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

उक्त शेयरमा असोज ११ गतेदेखि १४ गतेसम्म आवेदन दिन सकिनेछ। जसम न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। आईपीओमा उच्च खरिद आवेदन पर्ने हुँदा १० कित्ताका लागि मात्र आवेदन गर्दा उपयुक्त हुनेछ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओलाइ इक्रा नेपालले इक्राएनपि आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले मध्यम जोखिम रहेको जनाउँदछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ।

यसअघि यो कम्पनीले गत साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १०० रुपैयाँ अंकित दरका कुल ४ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो।

यो कम्पनीले नुवाकोट जिल्लामा ४.९९३ मेगावाट क्षमताको तल्लो टाँडीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ। यो आयोजनाको प्रतिमेगावाट लागत २३.८ करोड रुपैयाँ रहेको छ। यो कम्पनीको लगानी फिर्ता हुने अवधि ९पे ब्याक पिरियड० ५.४९ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ८.५८ वर्ष रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij