काठमाण्डौ – सातौं संविधान दिवसको अवसरमा तीन दर्जन बढी उद्योगी/व्यवसायी, बैंकर, बीमक लगायत आर्थिक क्षेत्रमा क्रियाशीलहरु पनि विभूषित हुने भएका छन् ।
सुकीर्तिमय राष्ट्रदीप गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो, प्रभु समूहका अध्यक्ष उद्यमी देवीप्रसाद भट्टचन, नेपाल चेम्बर अफ कमर्शका पूर्वअध्यक्ष सुरेन्द्रवीर मालाकार, मारवाडी सेवा समितिका अध्यक्ष कैलाशचन्द्र गोयल, सञ्चार उद्यमी कैलाश सिरोहिया र रामेश्वर थापाले पाएका छन् ।
त्यसैगरी सुप्रबल जनसेवाश्री पञ्चकन्या समूहका निर्देशक ध्रुवकुुमार श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाली परिकारलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने सन्तोष साह, खेतान समूहका राजेन्द्रकुमार खेतान, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल, शारडा समूहका शिवरतन शारडा, शंकर समूहका प्रबन्ध निर्देशक साहिल अग्रवाल, नेपाल रिपब्लिक मिडियाका प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली सम्मानित गरेको छ ।
प्रबल जनसेवाश्री शर्मा एण्ड शर्मा कम्पनीका रमेश शर्मा, व्यवसायी मोतीलाल दुगड, सञ्जयकुमार खेतान, न्यौपाने समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, पर्यटन व्यवसायी राजु ढकाल, नेपाल ग्यासका कार्यकारी निर्देशक गोकुल भण्डारी, व्यवसायी अर्जुनमान सैंजु,व्यवसायी गोविन्द गोयन्का, नारायण अग्रवाल, कुञ्ज अग्रवाल, नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल, बैंकर रबिना देशराज जोशी, बीमा व्यवसायी सुनिल बल्लभ पन्त र दीपप्रकाश पाण्डे, सेयर लगानीकर्ता/व्यवसायी अम्बिकाप्रसाद पौडेल, लेखापरीक्षण व्यवसायी नारायण बजाज, पर्यटन व्यवसायी चिन्तामणि न्यौपाने, निर्माण व्यवसायी होमनाथ कोइराला, युवा व्यवसायी सौरभ दुगड, व्यवसायी देवकिसन मून्दडा, कृष्णप्रसाद शर्मा रहेका छन् ।
जनसेवाश्री राधेश्याम हलुवाई, आइडिया स्टुडियो, साना व्यवसायी सागर थापा, बैंकर दीलप्रसाद भट्ट, कृषि व्यवसायी अमरबहादुर बानियाँ, व्यवसायी कमलकिशोर मालपानी र राजेन्द्र मल्ल रहेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij