काठमाडौं – नेपाल बंगलादेश बैंकले मकवानपुर जिल्ला, हेटौंडा उपमहानगरपालिका–९ स्थित हेटौंडा सिमेन्ट उद्योगको हाताभित्र सेवा केन्द्र सञ्चालनमा ल्याएको छ।
उक्त सेवा केन्द्रको औपचारिक उद्घाटन हेटौंडा उपमहानगरपालिका–९ का वडाध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले गरेका हुन्। हेटौंडा उपमहानगरमा खोलिएको यस विस्तारित सेवाले हेटौंडा सिमेन्ट उद्योगलाई सुलभ बैंकिङ सुविधा प्रदान गर्नुका साथै उपमहानगरपालिका–९, १२, १३ तथा १४ मा वित्तीय पहुँच पुर्याउने बैंकको उद्देश्य रहेको छ ।
हरेक नेपालीको एक बैंक खाता खोल्ने नेपाल सरकारको नीतिलाई सघाउ पुर्याउने उद्देश्यसाथ आफ्नो सेवा केन्द्र सञ्चालनमा ल्याएको हो। बैंकले आफ्ना १०० शाखा, ९ एक्सटेन्सन काउन्टर तथा ८१ वटा एटिएमबाट बैंकिङ सुविधा प्रदान गर्दै आएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij