२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

बिकास हाइड्रोले आईपीओ जारी गर्ने, बिक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त

बिकास हाइड्रोले आईपीओ जारी गर्ने, बिक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त

1.5K
Shares

काठमाडौं – विकास हाइड्रोपावरले सर्वसाधारणलाई करिब १४ करोड बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने भएको छ । कम्पनीले १३ लाख ८८ हजार ५०० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्ने भएको हो ।

कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सम्झौतामा विकास हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक कृष्ण प्रसाद घिमिरे तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका हुन ।

कम्पनीले गोरखा जिल्लाको दार्चे गाउँपालिकामा अवस्थित माछा खोलामा अपर माछा खोला स्मल हाइड्रोपावर आयोजना निर्माण गरीरहेको छ । ४.५५ मेगावाट क्षमताको आयोजना निर्माण गरेको कम्पनीले हालसम्म ५० प्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको छ ।

कम्पनीले अधिकृत तथा जारी पूँजी ४६ करोड २८ लाख ५० हजार को ३० प्रतिशतले हुन आउने १३ करोड ८८ लाख ५० हजार रकम बराबरको १३ लाख ८८ हजार ५०० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij