२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

बुद्धभुमि हाईड्रोपावरको आईपीओ बाँडफाँड

बुद्धभुमि हाईड्रोपावरको आईपीओ बाँडफाँड

18K
Shares

काठमाडौं – बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले नुवाकोट जिल्लाका स्थानिय वासिन्दाका लागि जारी गरेको ४ लाख कित्ता वराबरको ४ करोडको आईपीओ बिहीबार बाँडफाँड गरिएको छ ।

कम्पनीले श्रावण ३२ गतेदेखि आयोजना प्रभावित नुवाकोट जिल्लाभरिका स्थानीय बासिन्दाहरुका लागि भाद्र १५ गते सम्म शेयर बिक्री खुल्ला गरेको थियो । जसमा माग गरिएको भन्दा अधिक कित्ताका लागि आवेदन परेको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।

माग गरिएको ४ लाख कित्ताका लागि ३२ लाख ९ हजार १०३ कित्ता वराबरको आवेदन परेको थियो । आईपीओमा न्यूनत्तम १० कित्ता र अधिकत्तम ५० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था रहेको थियो । माग गरेभन्दा बढि आवेदन परेकाले गोलापथाबाट बाडँफाँड गरिएको बिक्री प्रबन्धक सिभिल क्यापीटलले जनाएको छ ।

आयोजना प्रभावित नुवाकोट जिल्लाभरिका स्थानीय बासिन्दाहरुका लागि माग गरिएको ४ लाख कित्ताका लागि आवेदन गरेका ४९ हजार ३१० आवेदकलाई न्युनतम १० कित्ताका दरले वाँडफाँड गर्दा करिव ४० हजार जना आवेदकले १० कित्ताका दरले पाएका छन भने ६ हजार ८५ जनाको हात खाली भएको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij