काठमाडाैँ – भाेलि (असाेज १ गते, शुक्रबार) देखि असाेज ३ गते, आइतबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काे वेभसाइटकाे सेवाहरू सबै बन्द हुने भएकाे छ ।
डाटा स्तरोन्नतिको काम गर्न लागिएकाे हुनाले ३ दिन सबै सिस्टमहरू नचल्ने नेप्सेले जानकारी दिएकाे छ । कारोबार बन्द हुने मौका छोपेर नेप्सेले सिस्टम अपग्रेडको काम गर्न लागेको हो ।
शुुक्रबार र शनिबार नियमित बजार बन्द हुनेछ भने असोज ३ गते संविधान दिवसको दिन सर्वाजनिक विदा हुनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij