काठमाडौं– सुनको मूल्य नेपाली बजारमा बिहीबार तोलामा ७०० रुपैयाँले घटेको छ । बुधबार तोलामा ६०० रुपैयाँले बढेको सुनको भाउ बिहीबरै ७०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेर छापावाल सुन ९० हजार ५०० रुपैयाँ र तेजावी सुन ९० हजार रुपैयाँमा झरेको छ ।
बुधबार तोलामा ६०० रुपैयाँले बढेर छापावाल सुन ९१ हजार २०० रुपैयाँ र तेजावी सुन ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यता बिहीबार चाँदीको भाउ भने स्थीर बनेको छ । चाँदीको भाउ लगातार ३ दिनदेखि स्थिर रहेको छ । आज चाँदी तोलाको १ हजार २०० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij