२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बैंक अफ काठमाण्डूका ग्राहकलाई एसआरएल डाईग्नोष्टिकमा छुट

बैंक अफ काठमाण्डूका ग्राहकलाई एसआरएल डाईग्नोष्टिकमा छुट

705
Shares

काठमाडौं– बैंक अफ काठमाण्डू लिमिटेड र एसआरएल डाईग्नोष्टिक नेपालबीच सम्झौता भएको छ। vबैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकलाई १० प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको हो।

यस सम्झौता पछि ग्राहकले एसआरएल डाईग्नोष्टिक नेपालले प्रदान गर्ने प्याथोलिजी सम्बन्धी स्वास्थ्य सेवाहरु उपभोग बापत बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १० प्रतिशतसम्म छुट पाउनेछन्।
बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालय, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकलाई बैंकिङ सुविधा दिँदै आईरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij