२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

अब घन्टाघर भत्काउँछन्, हामी आएर भव्य बनाउँछौं : ओली

अब घन्टाघर भत्काउँछन्, हामी आएर भव्य बनाउँछौं : ओली

940
Shares

बुटवल – नेकपा  एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारले भत्काउने काममात्रै गरेको आरोप लगाएका छन् । बुटवलमा नेकपा एमाले कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै ओलीले अब घन्टाघर पनि भत्काउन लागेको भन्दै आपत्ति जनाए । घन्टाघर भत्काए पनि बनाउन नसक्ने उनको भनाइ छ।

‘हामीले धरहरा बनायौं । रानीपोखरी बनायौ,’ उनले भने, ‘अब यिनीहरूले घन्टाघर भत्काएर नयाँ बनाउने रे । यिनीहरूले भत्काउलान् तर बनाउँदैनन् । यिनीहरूले भत्काए भने हामी आएर भव्य घन्टाघर बनाउँछौं । एमालेले बनाउँछ,’ उनले भने ।  उनले भूकम्पका बेला नेकपा एमालेले २७ हजार घर, १३ हजार स्कुल र चौकीहरू बनाएको भन्दै अब एमाले परोपकारी संस्थाका रुपमा हाजिर भइरहेको र अझै भइरहेको अझ भइरहने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij