काठमाडौं– केश–स्याहार सम्बन्धि सम्पूर्ण उत्पादनहरुको ब्राण्ड लिभोनले हालसालै साधारण कपाल, सुख्खा कपाल र टुक्रिएको कपालका निम्ति सल्फेट र पाराबेनरहित स्याम्पूका ६५० मिलि ठूलो प्याक जारी गरेको छ । मूल रुपमा ७४९ मूल्य रहेको यस उत्पादन परिचयात्मक अफर बमोजिम ६९९ रुपैयाँमा पाउन सकिने कम्पनीले जनाएको छ । लिभोनका उत्पादनहरुमा श्याम्पु र कन्डिसनर सल्फेट र पाराबेनरहित छन् ।
जसका कारण कोमल कपालको स्याहार र सही ठाउँमा पैसा खर्च गर्न चाहने मानिसहरुको रोजाइमा पर्ने विस्वास रहेको कम्पनीले जनाएको छ ।
लिभोनको साधारण कपालको लागि प्रयुक्त स्याम्पू तीव्र पोषणका निम्ति शिया मक्खन र घ्युकुमारीले समृद्ध छ, क्विनोया प्रोटिन र गहुँको प्रोटिनको लाभहरुको साथले लिभोनको टुक्रिएको कपालको लागि प्रयुक्त स्याम्पूले क्षतिलाई तीव्र सुधार गर्दछ भने आर्गन तेल र बदामको तेलका लाभहरु भएको सुक्खा कपालमा प्रयोग हुने स्याम्पूले कपाललाई तीव्र नमी प्रदान गर्ने कम्पनीले जनाएको छ ।
वर्षौंदेखि विभिन्न श्रेणीका केश–स्याहार गर्ने उत्पादनहरुको साथले लिभोन नेपाली ग्राहकहरुको पहिलो रोजाईको ब्राण्ड बन्ने अवस्थामा आइपुगेको हो । लिभोन का नविनतम ठूला आकारका उत्पादनहरु बजारमा उसका व्यक्तिगत हेरचाह उत्पादनहरुको अनुमोदनका कारण जारी गरिएको बताइएको छ ।
लिभोन का नयाँ श्रेणीका स्याम्पूहरु नेपाली ग्राहकहरुलाई पर्याप्त ध्यानमा राखी डिजाइन गरिएको कम्पनीले जानकारी दिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij