२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटी एक्सप्रेस र टर्रा पेमेन्ट सर्भिसबीच रेमिट्यान्स सम्झौता

सिटी एक्सप्रेस र टर्रा पेमेन्ट सर्भिसबीच रेमिट्यान्स सम्झौता

1.5K
Shares

काठमाडौं – युरोपको ख्यातिप्राप्त टर्रा पेमेन्ट सर्भिस र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको छ। युरोपमा रहेका नेपालीहरुले टर्रा पे सेवा प्रयोग गरी युरोप तथा ७९ अन्य देशहरुबाट सिटी एक्सप्रेस मार्फत सजिलै नेपालमा पैसा पठाउन सक्नेछन्।

साथै नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १२ हजारभन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ। सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र टर्रा पेका तर्फबाट सह संस्थापक एनी सेनले हस्ताक्षर गरेका छन्।

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा १५ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा दिइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij