२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

जन भावना बुझेर मात्र एमसीसी बारे निर्णय लिन्छौँ : प्रदीप ज्ञवाली

जन भावना बुझेर मात्र एमसीसी बारे निर्णय लिन्छौँ : प्रदीप ज्ञवाली

820
Shares

कपिलवस्तु – जनताको भावना बुझेर मात्र एमसीसीको विषयमा निर्णय लिने नेकपा एमालेले प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् ।कपिलवस्तुमा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै प्रवक्ता ज्ञवालीले एमसीसी सम्झौता गर्ने काम सरकारको भएको टिप्पणी गरेका छन् ।

‘एमसीसीको विषयमा निर्णय गर्दा १० पटक सोच्ने छौं । एमसीसी सम्झौता एमालेले गरेको होइन’, उनले भने । उनले आफ्नो पार्टीले दुई देश बिचको सम्बन्ध र नेपाली जनताको भावनालाई हेरेर निर्णय लिने बताए ।

‘एमसीसी पास गर्ने काम सरकारको हो । सम्झौता राम्रो लाग्छ भने बहुमतले पारित गरेर देखाउनुस्’, ज्ञवालीले भने । दार्चुलाको तुइन प्रकरणप्रति लक्षित गर्दै नेता ज्ञवालीले सरकारले मुद्दा घुमाउन चीनसँग सीमा विवादको कुरा उठाएको दाबी गरे ।

उनले आगामी निर्वाचन जित्नका लागि कार्यकर्तालाई उत्कृष्ट काम गर्नसमेत निर्देशन दिएका छन् । कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सह-इन्चार्ज गिरीधारीलाल न्यौपानेले पार्टी फुटे पनि स्थानीय तहका कार्यकर्ताले एमाले नै रोजेको टिप्पणी गरेका थिए । सरकारबाट बाहिरिए पनि जनताको मन मस्तिष्कमा एमालेप्रति मोह रहेको न्यौपानेको दाबी छ । न्युज कारखाना

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij