लमजुङ- मनाङ ङिस्याङ गाउँपालिका-५ सब्जे स्याउ फार्ममा कार्यरत कामदार मृत भेटिएका छन् । गोरखाको गण्डकी गाउँपालिका-२ घर भई मनाङको सब्जे स्याउ फार्ममा काम गदै आएका ४३ वर्षीय क्षेत्रकुमार गुरुङको शव हराएको तीन दिनपछि मर्स्याङ्दी नदीमा फेला परेको हो ।
मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काका अनुसार गुरुङलाई शनिबार राति मुङ्जेमा खाजा खाएर फर्किने क्रममा मर्स्याङ्दी नदीले बगाएको थियो ।
ङेरुडाँडामुनी मर्स्याङ्दी नदीको बिचमा रहेको ढुङ्गामा च्यापिएको अवस्थामा मंगलबार उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
घटनापछि हुम्डे सीमा प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय चामेबाट खटिएको प्रहरी टोली खोजीमा खटिएको थियो । शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल मनाङमा ल्याइएको छ । न्युज कारखाना
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij