काठमाडौं– कृषि विकास बैंकले निष्काशन गरेको ऋणपत्र बाँडफाँड भएको छ । उक्त ऋणपत्र सञ्चालक समितिले भदौ २५ गते बाँडफाँड गरिएको बैंकले जानकारी दिएको छ ।
बैंकले प्रतिइकाई १ हजार प्रति ऋणपत्रका दरले ६० लाख कित्ताले हुन आउने ६ अर्ब बराबरको ऋणपत्र बिक्रीमा ल्याएको थियो । जसमध्ये रितपूर्वक परेका आवेदनहरुबाट माग भएको ३४ लाख २६ हजार ९७५ कित्ता ऋणपत्र बाँडफाँड गरिएको हो ।
बैंकले भदौ ८ गतेदेखि २२ गतेसम्म संस्थागत लगानीकर्तालाई परिपत्र विधिबाट ऋणपत्र निष्कासन गरेको थियो ।
कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रमा दीर्घकालिन साधनको उपलब्धता सहज बनाउन बैंकले कृषि ऋणपत्र जारी गरिएको जनाएको छ । बैंकको ७ वर्षे अवधिको कृषि ऋणपत्रको डिबेञ्चर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij