२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सिन्धुपाल्चोकमा एकीकृत समाजवादीको जिल्ला कमिटी घोषणा

सिन्धुपाल्चोकमा एकीकृत समाजवादीको जिल्ला कमिटी घोषणा

680
Shares

सिन्धुपाल्चोक – नेकपा एकीकृत समाजवादी पार्टीले सिन्धुपाल्चोक जिल्ला कमिटी गठन गरेको छ । एकीकृत समाजवादीले सोम सापकोटा संयोजक तथा इन्द्रमाया गुरुङ सहसंयोजक रहने गरी  १ सय ३ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।

स्थायी कमिटी सदस्य बेदुराम भुसालको उपस्थितीमा सिन्धुपाल्चोकमा एकिकृत समाजवादीले जिल्ला कमिटी घोषण गरिएको हो । जिल्ला कमिटी सदस्यमा एमालेबाट वडा सदस्य जितेकाहरू रहे पनि उनीहरूले निर्वाचन कार्यलयमा सनाखत भने गरेका छैनन् ।

समाजवादीले सल्लाहकारमा यमबहादुर महतलाई चयन गरेको छ । संयोजन समितीमा भगवती नेपाल, सोम सापकोटा, गम्भीरलाल श्रेष्ठ, सिंहबहादुर विक र नवराज पौडेल रहेका छन् । जिल्ला कमिटी १ सय ५१ सदस्यीय हुनुपर्नेमा अन्य सदस्यपछि चयन गरिने संयोजक सापकोटाले जानकारी दिए  ।

यस्तै एकीकृत समाजवादी पार्टी सिन्धुपाल्चोकले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि देशलाई विदेशी शक्तिकेन्द्रको क्रिडास्थल बनाएको आरोप लगाएको छ । आफूलाई सच्याउन तयार हुनुपर्नेमा ओलीले कम्युनिष्ट पार्टीलाई विभाजन गरेर निहित स्वास्थ पुरा गर्ने बाटो रोजेको एकीकृत समाजवादीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij