नुवाकोट – नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को नुवाकोटको शिवपुरी गाउँपालिका स्तरिय भेला सम्पन्न भएको छ । उक्त भेलाले अस्मिता ठकुरीको अध्यक्षतामा अनेरास्ववियु (क्रान्तिकारी) शिवपुरी गाउँपालिका गठन भएको छ । २५ सदस्यीय उक्त समितिको उपाध्यक्षमा करुण रुम्बा र दोर्जे तामाङ, सचिवमा विकास भेटुवाल, कोषाध्यक्षमा सुवास सुनुवार र छिरिङ तामाङ , सहसचिवमा रितु तामाङ लगायत रहेका छन् ।
माओवादी केन्द्रका जिल्ला सदस्य गणेश उप्रती, शुकराम तामाङ, विरबहादुर तामाङ लगायतका जिल्ला तथा स्थानिय नेताहरुको उपस्थिती रहेको थियो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij