२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

तेह्रथुम पावरको आईपीओ बाँडफाँड

तेह्रथुम पावरको आईपीओ बाँडफाँड

2.6K
Shares

काठमाडौं – तेह्रथुम पावर कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ शुक्रबार बाँडफाँड भएको छ । बाँडफाँडमा ७४ हजार ४०० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर हात पारेका छन् भने ९७ प्रतिशतको हात खाली भएको छ ।

कम्पनीको आईपीओ बाँडफाँडको नतिजा तथ्याङ्क प्रशोधनपछि चार ठाउँबाट हेर्न सकिनेछ । आईपीओको नतिजा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले आईपीओ नतिजा हेर्नकै लागि सञ्चालन गरेको वेवसाइट, मेरो शेयरको वेवसाइट, बिकी प्रबन्धक एनआईबिएल एस क्यापिटलको वेवसाइट र आईपीओ निष्काशन गर्ने कम्पनी तेह्रथुम पावर कम्पनीको वेबसाइटबाट हेर्न सकिने छ ।

आईपीओ बाँडफाँडपछि हाल बिक्री प्रबन्धकले डेटा प्रशोधनको कार्य गरिरहेको छ । डेटा प्रशोधनको काम सकिएपछि दिउँसो मात्र आईपीओ बाँडफाँडको नतिजा हेर्न सकिने आईपीओको नजिता बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

तीन स्थानबाट नतिजा हेर्नका लागि सम्बन्धीत लगानीकर्ताले आफ्नो १६ अंकको हितग्राही खाता (डिम्याट) नम्बर हालेर नतिजा हेर्न सक्नेछन् मेरोशेयरको वेवसाइटबाट भने आईपीओमा आवेदन गरेपछि रकेर्ड रहने एप्लिकेसन रिपोर्टमा गएर हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij